ग्यासु मिया देवान
बिरगंज / डिभिजन बन कार्यालय पर्साको सहयोगमा बिन्दवासिनी, कोइलाभार, बढनिहार साझेदारी बन उपभोक्ता समुहको आयोजनामा काठ बितरण शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
बिगत १४ बर्ष देखी बन्द रहेकोे काठ उपभोक्ताहरुलाई आज एक कार्यक्रम गरि बितरणको सुरुवात गरिएको हो ।
मधेस प्रदेश सरकारका बन तथा बाताबरण मन्त्री माननीय त्रिभुवन साहको प्रमुख अतिथित्यमा भएको छुट पुर्जी बितरण कार्यक्रममा बढनिहार बन साझेदारी उपभोक्ता समुहका अध्यक्ष रिजवानुल हकको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियोे ।
काठ दाउरा बिक्री बितरण कार्यबिधी-८१ अन्तरगत आज देखी काठ दाउरा बिक्री बितरण सुचारु भएको डिभिजन बन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले बताउनु भएको हो ।
साझेदारी बन उपभोक्ता समुह बढनिहार क्षेत्र अन्तरगत पर्ने ४० वटा वडा, ७ नगरपालिका र गाउँपालिकाहरु रहेका छन सो गाउँका स्थानीय जनताहरु सहज र शुप्त मुल्यमा काठ दाउराहरु उपलब्ध हुने भएको डिभिजन बन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले जनाउनु भएको छ ।
काठ दाउरा बिक्री वितरण सुभारम्भ कार्यक्रममा स्थानीय तीनजना उपभोक्ताहरुले रसिद कटाएर छुट पुर्जी उक्त कार्यक्रममा बन तथा बाताबरण मन्त्री माननीय त्रिभुवन साहले दिनुभएको साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष रिजवानुल हकले बताए ।













प्रतिक्रिया